प्रकाशित मिति : २०२१-०७-०८ (अद्यावधिक मित : २०२१-०७-१०)

बाराम्बार सोधिने प्रश्नहरुको Soft copy download गर्न तल दिइएको Link मा click गर्न सक्नुहुन्छ ।

⇒ बाराम्बार सोधिने प्रश्नहरु

 

बाराम्बार सोधिने प्रश्नहरु

१. शिक्षक पेशागत विकास(TPD) तालिमको अवधि कति दिनको हुन्छ ?

  • तीस दिनको

२. शिक्षक पेशागत विकास(TPD) तालिम कति चरणमा सञ्चालन हुन्छ?

  • दुई चरणमा

३. शिक्षक पेशागत विकास(TPD) तालिम आमने सामने(Face to face) कति दिन सञ्चालन हुन्छ?

  • प्रत्येक चरणमा १० दिन

४. शिक्षक पेशागत विकास(TPD) तालिममा कति दिन विद्यालयमा काम गरेबापत ५ दिनको क्रेडिट पाईन्छ?

  • ४५ दिन

५. शिक्षक पेशागत विकास(TPD) तालिमको दस दिन तालिम(face to face) अवधि पूरा गरी  तालिम केन्द्रबाट रमाना भएर आफ्नो विद्यालयमा गइसकेपछि अध्यापन गर्न शुरु गरेको  कति दिनभित्रमा विद्यालयमा आधारित परियोजना कार्य तालिम केन्द्रमा बुझाइसक्नुपर्छ ?

  • ५२ दिन भित्रमा

६. विद्यालयमा आधारित परियोजना कार्यहरु कति ओटा गर्नुपर्छ ? ती के के हुन् ?

  • ४ ओटा परियोजना कार्य (दस ओटा lesson plan,  Action Research , अध्यापन गरिने विषयसँग सम्बन्धित दुई ओटा परियोजना कार्यको प्रतिवेदन) ।

७. TPD तालिम पूरा भइसकेपछि प्रमाण- पत्र प्राप्त गर्नको लागि आवश्यक कागजातहरु के के हुन् ?

  • सम्बन्धित तहको नियुक्तिको प्रतिलिपि-१
  • नागरिकताको प्रतिलिपि-१
  • PP size को फोटो- १ (optional)
  • रु. १० को हुलाक टिकट

८. पूरानो TPD संरचनाअनुसार M1 र M2 पूरा भएको छ भने नयाँ संरचनाको तालिम लिनपर्छ ?

  • पर्छ । नयाँ संरचना अनुसारको पहिलो Phase पूरा गरे पुग्छ ।

९. पूरानो TPD संरचनामा M1 पूरा भएकोले नयाँ संरचनाको TPD तालिममा कति चरण पूरा गर्नुपर्छ?

  • नयाँ संरचनाको दुईओटै चरण (P1 and P2) पूरा गर्नुपर्छ ।

१०. प्रधानाध्यापकहरुका लागि नेतृत्व क्षमता विकास तालिम ३० कार्यदिन पूरा गरेकोले TPD तालिम लिनुपर्छ कि पर्दैन ?

  • दुवै तालिमको purpose फरक भएकोले ३० कार्य दिनको नेतृत्व क्षमता विकास तालिम पूरा गरेको भए पनि TPD तालिम (In-service Training) लिनुपर्छ ।

११. TPD तालिम एउटै आ.व. मा दुवै Phase लिन पाईन्छ ?

  • पाईदैन । तर विशेष शिक्षाका शिक्षकले भने २० दिनमा सकिने गरी यो सुविधा पाईन्छ ।

१२. तल्लो तहमा नियुक्ति पाएका शिक्षकले माथिल्लो तहमा पढाइरहेको हुन्छ भने उसले कुन तहको TPD तालिम लिन पाइन्छ ?

  • जुन तहमा जुन विषयमा नियुक्ति हो त्यसैमा लिनु पर्छ ।

१३. अनिवार्य विषय (अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक वाहेक) कुनै एउटा तहका एउटा विषयमा पहिलो फेज र फेरि अर्को विषयमा दोस्रो फेजको तालिम लिई TPD तालिम पूरा गर्न सकिन्छ कि सकिदैन ?

  • सकिन्छ । उपलब्ध कोर्शमध्येबाट आवश्यकता अनुसार छनोट गर्न सकिन्छ ।

१४. पूरानो TPD संरचना अनुसार Module पूरा नभएका शिक्षकहरुले नयाँ संरचना अनुसार(Phase Mode) को TPD तालिम लिनु पर्दा  कस्तो प्रबन्ध गरिएको छ ?

  • पूरानो संरचना अनुसार पहिलो  र दोस्रो Modules(M1 and M2) पूरा गरेका शिक्षकले नयाँ संरचना अनुसारको  १ फेज लिदा TPD तालिम पूरा हुन्छ । तर Module 1 मात्र पूरा गरेका शिक्षकले भने  नयाँ संरचना अनुसार दुवै Phase अनिवार्य लिनु पर्छ ।

१५. TPD तालिमको पहिलो र दोस्रो फेजको फरक फरक प्रमाण पत्र पाइन्छ कि दुवै सकेपछि एउटा मात्र पाइन्छ?

  • दुवै सकेपछि एउटै प्रमाण पत्र पाइन्छ ।

१६. TPD तालिमको परिक्षाफल कसरी थाहा पाउने?

  • शिक्षा तालिम केन्द्र धुलिखेलको वेवसाइट www.etc.mosd.bagamati.gov.np मा हेर्न सकिन्छ ।

१७. अस्थायी, राहत, करार र निजी शिक्षकले TPD तालिम लिन पाइन्छ कि पाइदैन ?

  • पहिलो प्राथमिकता स्थायी शिक्षकलाई हो ।

१८. अस्थायी, राहत, करार र निजी शिक्षकले TPD तालिम लिई पूरा गरेमा सो तालिम भन्दा पछि स्थायी भए सो प्रमाण पत्र बढुवा प्रयोजनका लागि उपयोगी हुन्छ कि हुदैन ?

  • हुन्छ ।

१९. शिक्षकका लागि पुनर्ताजगी तालिम कस्तो शिक्षकले पाउन सक्छन् ?

  • प्रमाणिकरण तालिम लिइसकेका (स्थायी /राहत करार/ अनुदान/निजी स्रोत)का शिक्षकहरु वा कुनै पनि तालिमको अवसर नपाएका सबै किसिमका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले  पुनर्ताजगी तालिम पाउन सक्छन् ।

२०. पुनर्ताजगी तालिम खास कति दिनको हुन्छ ?

  •  ५ दिनको ।