प्रकाशित मिति : २०२१-०१-२४ (अद्यावधिक मित : २०२१-०७-०६)

१. परिचय

वि.सं. २०५० सालमा स्थापित शैक्षिक जनशक्ति विकास केन्द्र अन्तर्गत वि.सं. २०५३ सालमा प्राथमिक शिक्षकहरुलाई तालिम दिने उद्देश्यले देशभर ९ वटा प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना गर्ने क्रममा शिक्षा तालिम केन्द्र धुलिखेलको स्थापना भएको हो। वि.सं. २०६१ सालमा प्राथमिक शिक्षकहरुलाई तालिम दिदै आइरहेको प्राथमिक शिक्षक तालिम केन्द्रलाई नाम परिवर्तन गरी शैक्षिक तालिम केन्द्र 'क' बनाईयो । त्यसैताका साविकमा रहेका माध्यमिक शिक्षा विकास एकाइ (सेडु) हरुलाई शैक्षिक जनशक्ति विकास केन्द्र मातहत रहने गरी २० ओटा शैक्षिक तालिम केन्द्र 'ख' तथा ५ उपकेन्द्रका रुपमा पुर्नस्थापित गर्यो । नेपालको संविधान बमोजिम तीन तहको शासकीय स्वरुपको व्यवस्था भए बमोजिम २०७४ सालमा प्रदेश सरकारको गठन भएसँगै प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय मातहतमा शिक्षा तालिम केन्द्रको रुपमा स्थापना भई सञ्चालनमा रहेको छ ।

हाल यस तालिम केन्द्रले बागमती प्रदेश अन्तर्गत स्थानीय तहका शिक्षा क्षेत्रमा कार्यरत जनशक्ति र  विद्यालयमा कार्यरत प्रधानाध्यापक,शिक्षक र कर्मचारीहरुको वृत्ति विकाससम्बन्धी तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।बिषयगत तथा जेनेरिक रुपमा शिक्षक पेशागत विकास(TPD) प्रमाणिकरण तालिम, प्रधानाध्यापकहरुका लागि नेतृत्व क्षमता विकास तालिम, शिक्षक पुनर्ताजगी तालिम कार्यक्रमहरु एवम् रा.प.अनं.प्रथम श्रेणी(नेपाल शिक्षा सेवा,शिक्षा प्रशासन समूह) पाँचौ तह, प्राविधिक सहायकहरुको (३० दिन) शैक्षिक प्रशासन सम्बन्धी सेवाकालीन तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको यस तालिम केन्द्रले आफ्नो सेवा क्षेत्रका विद्यालयहरुका स्थलगत अवलोकन, अध्ययन, अनुगमन तथा शिक्षकहरुलाई प्राविधिक सहायता प्रदान गर्ने जस्ता कार्यहरु पनि गर्दै आईरहेको छ ।

२. सोच
 
 ' प्रभावकारी तालिम, सक्षम शैक्षिक जनशक्ति, प्रदेशको समृद्धि ' ।
 
३. लक्ष्य
 
तालिमका माध्यमबाट दक्ष, प्रतिस्पर्धी, प्रविधिमैत्री र उत्पादनमुखी शैक्षिक जनशक्ति तयार गर्दै, प्रदेशको समृद्धिका लागि सहयोग पुर्याउने ।