प्रकाशित मिति : २०२१-०५-२१ (अद्यावधिक मित : २०२१-०६-२४)
शिक्षा तालिम केन्द्रको कार्यविवरण
प्रत्येक प्रदेशमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरी शिक्षा तालिम केन्द्रको स्थापनाको औचित्यलाई दृष्टिगत गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा संघ स्तरमा रहेका निकायहरुको कार्य विवरणसँग नबाँझिने गरी देहायका कार्य विवरण निर्धारण गरिएको छ ।
१. विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप तथा  राष्ट्रिय गुणस्तर मापदण्ड निर्धारण अनुसार शिक्षक तथा कर्मचारीको क्षमता विकासका कार्यहरु ।
२. पाठ्यक्रम सम्बद्ध अध्ययन अनुसन्धान तथा पाठ्यक्रम कार्यान्वयन अनुगमन व्यवस्था ।
३. पाठ्यक्रम तथा पाठ्यसामग्रीको प्रभावकारी कार्यान्वयनका लागि तालिम सञ्चालन ।
४. प्रदेश तथा स्थानीय तहसंग पाठ्यक्रम सम्बद्ध क्रियाकलापमा समन्वय, क्षमता विकास र प्राविधिक सेवा प्रवाह ।
५. विद्यालय शिक्षाको राष्ट्रिय  पाठ्यक्रम तथा मानव संसाधन विकासको क्षेत्रमा मन्त्रालयको नीतिको कार्यान्वयन ।
६. शैक्षिक तालिम कार्यक्रम तथा निकायहरुको तोकिएको मापदण्ड अनुसार सम्बन्धन, प्राविधिक  सहयोग, समन्वय, अनुगमन तथा नियमन ।
७. शिक्षक विकासका लागि प्रदेश तहमा मापदण्ड तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्यहरु ।
८. विभिन्न  तहमा शैक्षिक गुणस्तरका लागि शैक्षिक सामग्रीको सूची  विकास, तालिम पाठ्यक्रम तथा सन्दर्भ सामग्री विकास र प्रमाणिकरण तालिम सामग्री उत्पादन तथा वितरण सम्बन्धी कार्य ।
९. शिक्षक तालिम मान्यता तथा समक्षकताका कार्य ।
१०. तोकिए बमोजिमका अन्य कार्यहरु ।
तालिम शाखाको कार्यविवरण
१. शैक्षिक गुणस्तर सुधारका लागि तालिम पाठ्यक्रम तथा नमूना तालिम सामग्री विकास र प्रमाणीकरण गर्ने ।
२. शिक्षकको क्षमता विकास सम्बन्धी कार्यक्रम तर्जुमा, मापदण्ड विकास गर्ने ।
३. सेवाकालीन शिक्षक तालिमको लागि पाठ्यक्रम निर्माण र स्वीकृति तथा नमूना तालिम स्रोत  सामग्री विकास, प्रशिक्षक  तयारी,  तालिम मापदण्ड विकास, तालिमको प्रमाणीकरण तथा समकक्षता निर्धारण सम्बन्धी कार्य गर्ने ।
४. शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग,  मातृभाषामा शिक्षण, समावेशी तथा अपांगता भएका बालबालिकाका लागि गरिने शिक्षण, बहु कक्षा बहुवर्ग शिक्षण, सुरक्षित विद्यालय, बालमैत्री विद्यालय,  कार्य अनुसन्धान लगायतका क्षेत्रमा शिक्षकहरुका लागि मागमा आधारित तालिम कोर्षको विकास,  प्रशिक्षक प्रशिक्षण,  तालिम संचालन र तालिमको फलोअप सम्बन्धी कार्यहरु । 
५. अपांगता भएका बालबालिकाका लागि विशेष प्रकृतिका विद्यालयबाट दिइने शिक्षा सम्बन्धी कार्यहरुमा शिक्षकलाई पेशागत सहजिकरण गर्ने ।
६. शिक्षक तालिमको मुल्यांकनका लागि ग्रिड विकासतथा नमूना प्रश्नहरु निर्माण तथा तालिमको मुल्याङ्कन को मापदण्ड तयार गर्ने ।
७. सेवाकालीन शिक्षक तालिमको लागि डिजिटल सामग्रीहरुको विकास, उत्पादन, वितरण र प्रसारण सम्बन्धी कार्यहरु गर्ने ।
८. स्थानीय तह विशेष गरी विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति,  गाउँ  वा नगर शिक्षा समिति र गाउँ तथा नगर पालिकाका पदाधिकारी र शिक्षा हेर्ने कर्मचारीहरुको शिक्षासँग सम्बन्धित क्षमता अभिबृद्धिका कार्यक्रमहरुको तर्जुमा र स्वीकृत कार्यक्रमको कार्यान्वयन गर्ने ।
९. प्रदेश अन्तरगतका शैक्षिक तालिम कार्यक्रम सम्बन्धी काममा शिक्षा तथा मानव विकास केन्द्रसँग सम्पर्क समन्वय र सहकार्य सम्बन्धी कार्य गर्ने ।
१०. तोकिएका अन्य कार्य ।
प्रशासन फाँटको कार्यविवरण
१. तालिम केन्द्रको सामान्य दैनिक प्रशासन संचालनसम्बन्धी कार्यहरु गर्ने ।
२. केन्द्रको कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापन र मुल दर्ता तथा चलानी र पालो पहरा तोक्ने सम्बन्धी कार्यहरु  गर्ने ।
३. स्वीकृत कार्यक्रम र बजेट अनुसार कार्यालयबाट खरिद गर्नुपर्ने जिन्सी सामान खरिद योजना  (procurement  Plan)  बनाई  खरिद गर्ने र सो को उचित रेखदेख,  मर्मतसम्भार र वितरणको व्यवस्था मिलाउने सम्बन्धी कार्य गर्ने ।
४. केन्द्रको सम्पत्ति संरक्षण,  जिन्सी व्यवस्थापन, भण्डार व्यवस्थापन, कर्मचारीको व्यक्तिगत अभिलेख व्यवस्थापन र कार्य सम्पादन मुल्यांकन सम्बन्धी कार्यहरु गर्ने कार्यालय व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने ।
५. कार्यालयका कर्मचारीहरुको वार्षिक तलवी प्रतिदेवन  तथा सम्पत्ति विवरण सम्बन्धी आवश्यक कार्य गर्ने ।
६. सवारी साधनको खरिद,  मर्मत सम्भार, उचित व्यवस्थापन,  वितरण एंव इन्धन सम्बन्धी आवश्यक कार्यहरु गर्ने ।
७. तालिम केन्द्र र परिसरको आन्तरिक व्यवस्थापन,  सुरक्षा,  सरसफाइ तथा चमेना गृहको तियमित अनुगमन गरी तोकिएबमोजिम भए नभएको अनुगमन गरी व्यवस्थपान  मिलाउने । 
८. तालिम केन्द्रका कामका बारेमा पर्न आएका विभिन्न उजुरी एवं गुनासोहरुको छानविन गर्ने, गराउने  सम्बन्धी आवश्यक कार्यहरु गर्ने ।
९. सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेहिता कायम गर्न, गराउने ऐन नियम,  विनियम,  निर्देशिका लगायतले निर्देश गरे बमोजिम कार्यान्यवन गर्ने ।
१०. केन्द्रले तोकेका अन्य कार्यहरु गर्ने ।
कार्यक्रम  तथा अनुमगन शाखाको कार्यविवरण
१. केन्द्रको तालिम सम्बन्धी योजना, वार्षिक कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्यहरु गर्ने र यस सम्बन्धी तोकिएका ढाँचामा मस्यौदा तयार पारी स्वीकृतिका लागि पेश गर्ने ।
२. वार्षिक कार्यक्रम कार्यान्वयनका निम्ति शाखा तथा फाँटहरुबीच समन्वयका कार्यहरु गर्ने । 
३. तालिम केन्द्रको  आवधिक तथा वार्षिक प्रगति विवरण तयारी,  समीक्षा र प्रतिवेदन सम्बन्धी कार्यहरु तोकिए बमोजिम गर्ने ।
४. कार्यक्रम व्यवस्थापन प्रणाली शैक्षिक सूचना व्यवस्थापन प्रणाली तथा आर्थिक सूचना व्यवस्थापन प्रणालीहरुबाट उपलव्ध सूचनाहरुको आधारमा संचालित कार्यक्रमहरुको प्रभावकारिता विश्लेषण गरी कार्यक्रमसहरुमा उचित सुधार ल्याउन उपलव्धिको समिक्षा गर्ने गराउने ।
५. पाठ्यक्रम,  पाठ्यपुस्तक, अन्य पाठ्य सामग्री कार्यान्वयनको प्रवोधिकरण र अनुगमन सम्बन्धी  कार्य ।
६. शैक्षिक अनुसन्धानको क्षेत्र पहिचान गर्ने तथा यस सम्बन्धी नीति निर्धारणमा सहयोग पुय्राउने ।
७. गुणस्तरीय शिक्षाका लागि भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन अनुसन्धानको संकलन,  विश्लेषण गरी प्रदेशको परिप्रेक्षमा त्यसका उपयोगी अवधारणाहरुको प्रयोगको सम्भाव्यता अध्ययन गर्ने गराउने ।
८. केन्द्रले तोकेका अन्य कार्यहरु गर्ने ।
 

आर्थिक प्रशासन फाँटको कार्यविवरण

१. तालिम केन्द्रको आर्थिक कारोवारको नियमित लेखा राख्ने र प्रतिवेदन तयार पारी सम्बन्धित निकायमा पठाउने ।
२. स्वीकृत बजेट रकम मध्येबाट सम्बन्धित कार्यक्रमको रकम निकासा दिने ।
३. खर्चको हिताव रित पूर्वक राख्ने तथा लेखापालन सम्बन्धी कार्य ।
४. खर्चभए अनुसार फाँटवारी तथा  आर्थिक विवरण,  वित्तिय प्रगगि प्रतिवेदन सम्बन्धी कार्य ।
५. आन्तरिक र अन्तिम लेखापरीक्षण सम्बन्धी कार्यहरु ।
६. अन्तिम लेखापरीक्षणमा औंल्याइएको बेरुजु फछयौंट सम्बन्धी कार्यहरु  गर्ने ।
७. प्रचलित आर्थिक कार्यविधि ऐन तथा नियमावली बमोजिम आर्थिक प्रशासन शाखा वा फाँटले गर्नुपर्ने भनी तोकिएको अन्य कार्यहरु गर्ने ।
८. केन्द्रले तोकेका अन्य आर्थिक प्रशासन सम्बन्धी कार्यहरु  गर्ने ।