शिक्षा तालिम केन्द्र, धुलिखेलको कार्यविवरण
- राष्ट्रिय पाठ्यक्रम प्रारुप तथा राष्ट्रिय मापदण्ड अनुसार शिक्षक तथा विद्यालय शिक्षाको क्षेत्रमा कार्यरत कर्मचारीको क्षमता विकासका कार्य,
- विद्यालयीय शिक्षाको पाठ्यक्रम कार्यान्वयनमा सहजीकरण,
- विद्यालय शिक्षासम्बद्ध अध्ययन अनुसन्धान तथा शिक्षा क्षेत्रमा प्रवर्तनात्मक कामहरुमा उत्प्रेरणा र सहजीकरण,
- विद्यालय शिक्षाको पाठ्यक्रम तथा पाठ्यसामग्रीको प्रभावकारी कार्यान्वयनका लागि तालिम सञ्चालन र पेशागत सहयोग,
- स्थानीय तहसँग पाठ्यक्रम सम्बद्ध क्रियाकलापमा समन्वय, क्षमता विकास र प्राविधिक सेवा प्रवाह,
- विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम तथा मानव संसाधन विकासको क्षेत्रमा मन्त्रालयको नीतिको कार्यान्वयन,
- शैक्षिक तालिक कार्याक्रम प्रदायक निकायहरुका लागि मापदण्ड निर्धारण र सोअनुसार सम्बन्धन, प्राविधिक सहयोग, समन्वय, अनुगमन तथा नियमन,
- शिक्षक पेशागत विकासका लागि प्रदेश तहमा मापदण्ड तर्जुमा तथा कार्यान्वयनसम्बन्धी कार्यहरु,
- शिक्षक, प्रधानाध्यापक तथा शिक्षासम्बद्ध कर्मचारी क्षमता विकासका लागि प्रदेश तहमा तालिम नीति, मापदण्ड तर्जुमा तथा कार्यान्वयन र पेशागत दक्षता अभिवृद्धिका लागि तालिम लगाएतका कार्यहरु,
- स्थानीय तहमा शिक्षाको व्यवस्थापन र विकासमा संलग्न गाउँपालिका/नगरपालिका शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ, अभिभावक, जनप्रतिनिधि र अन्य जनशक्तिको नेतृत्व र क्षमता विकास,
- विद्यालय तहमा शैक्षिक गुणस्तरका लागि पाठ्य/शैक्षिक सामग्री, तालिम पाठ्यक्रम तथा सन्दर्भ सामग्री विकास, छपाई तथा वितरणसम्बन्धी कार्य,
- शिक्षक तथा शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीको क्षमता विकासका लागि पाठ्यक्रम तथा तालिम स्रोत सामग्री विकास, प्रशिक्षक तयारी, डिजिटल सामग्रीहरुको विकास, उत्पादन, वितरण र प्रसारणसमम्बन्धी कार्य गर्ने गराउने,
- प्रदेश स्तरीय शिक्षक सक्षमता प्रारुप विकास, स्वीकृति र कार्यान्वयन,
- सामुदायिक एवम् संस्थागत विद्यालय तथा प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत शिक्षक र कर्मचारीहरुलाई असल अभ्यासको आदान प्रदान र पेशागत विकासका अन्य क्रियाकलापमा संलग्न गराउने,
- शिक्षक तालिम प्रमाणीकरण, मान्यता तथा समक्षकता सम्बन्धी कार्य गर्ने गराउने,
- प्रदेशस्तरीय शिक्षक व्यवस्थापन सूचना प्रणालीको व्यवस्था र तालिम कार्यक्रमको सुपरिवेक्षण र प्राविधिक सहयोग सम्बन्धि कार्यहरु,
- शिक्षक, प्रधानाध्यापक तथा अन्य जनशक्तिको तालिमको प्रभावकारिता सम्बन्धमा अनुसन्धान सम्बन्धी कार्य,
- प्रदेशस्तरमा विद्यालयतहको पाठ्यक्रम एवम् पाठ्यपुस्तक निर्माण, उत्पादन र प्रकाशन एवम् विद्यालयमा वितरण सम्बन्धी कार्य,
- मन्त्रालयबाट तोकिएबमोजिमका अन्य कार्यहरु,
ई) योजना तथा अनुगमन शाखा
- तालिम सम्बन्धी वार्षिक योजना तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य,
- राष्ट्रिय पाठ्यक्रम प्रारुप तथा राष्ट्रिय मापदण्ड अनुसार शिक्षक तथा विद्यालय शिक्षाको क्षेत्रमा कार्यरत कर्मचारीको क्षमता विकासका कार्य,
- विद्यालयीय शिक्षको पाठ्यक्रम कार्यान्वयमा सहजीकरण,
- विद्यालय शिक्षासम्बद्ध अध्ययन अनुसन्धान तथा शिक्षा क्षेत्रमा प्रवर्तनात्मक कामहरुमा उत्प्रेरणा र सहजीकरण,
- विद्यालय शिक्षाको पाठ्यक्रम तथा पाठ्यसामग्रीको प्रभावकारी कार्यान्वयनका लागि तालिम सञ्चालन र पेशागत सहयोग,
- स्थानीय तहसँग पाठ्यक्रम सम्बद्ध क्रियाकलापमा समन्वय, क्षमता विकास र प्राविधिक सेवा प्रवाह,
- विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम तथा मानव संसाधन विकासको क्षेत्रमा मन्त्रालयको नीतिको कार्यान्वयन,
- शैक्षिक तालिम कार्यक्रम प्रदायक निकायहरुका लागि मापदण्ड निर्धारण र सोअनुसार सम्बन्धन, प्राविधिक सहयोग, समन्वय, अनुगमन तथा नियमन,
- शिक्षा क्षेत्रमा कार्यरत स्थानीय तहका जनशक्तिहरुको क्षमता अभिवृद्धि सम्बन्धी कार्यहरु,
- वृत्तिव मार्ग निर्देशन सेवा सञ्चालनका लागि प्रशिक्षक प्रशिक्षण र प्राविधिक सहयोग सम्बन्धी कार्य,
- तालिम सम्बन्धी अनुसान्धान र प्रवोधिकरण,
- मन्त्रालय र केन्द्रले तोकेका अन्य कार्यहरु।
उ) शिक्षक तालिम शाखा
- शिक्षक पेशागत विकासका लागि प्रदेश तहमा पापदण्ड तर्जुमा तथा कार्यान्वयनसम्बन्धी कार्यहरु,
- शिक्षक, प्रधानाध्यापक तथा शिक्षासम्बद्ध कर्मचारी क्षमता विकासका लागि प्रदेश तहमा तालिम नीति, मापदण्ड तर्जुमा तथा कार्यान्वयन र पेशागत दक्षता अभिवृद्धिका लागि तालिम लगाएतका कार्यहरु,
- स्थानीय तहमा शिक्षाको व्यवस्थापन र विकासमा संलग्न गाउँपालिका/नगरपालिका शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ, अभिभावक, जनप्रतिनिधि र अन्य जनशक्तिको नेतृत्व र क्षमता विकास,
- विषयगत प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने,
- शिक्षक/प्रअ एवम् अन्य जनशक्तिको क्षमता अभिवृद्धिका लागि सञ्चालन हुने कष्टमाइज/पुनर्ताजगी तालिमको पाठ्यक्रम विकास र कार्यान्वयन,
- विद्यालय तहमा शैक्षिक गुणस्तरका लागि पाठ्य/शैक्षिक सामग्री, तालिम पाठ्यक्रम तथा सन्दर्भ सामग्री विकास, छपाई तथा वितरणसम्बन्धी कार्य,
- विद्यालय तहको ऐच्छिक विषयको पाठ्यक्रम सम्बन्धी कार्य,
- शिक्षक तथा शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीको क्षमता विकासका लागि पाठ्यक्रम तथा तालिम स्रोत सामग्री विकास, प्रशिक्षक तयारी, डिजिटल सामग्रीहरुको विकास, उत्पादन, वितरण र प्रसारणसम्बन्धी कार्य गर्ने गराउने,
- प्रदेश स्तरीय शिक्षक सक्षमता प्रारुप विकास, स्वीकृतीका लागि मन्त्रालयलाई सहयोग गर्ने,
- सामुदायिक एवम् संस्थागत विद्यालय तथा प्रारम्भिक बाल विकास केद्रमा कार्यरत शिक्षक र कर्मचारीहरुलाई असल अभ्यासको आदान प्रदान र पेशागत विकासका अन्य क्रियाकलापमा संलग्न गराउने,